समाचार

यस वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई

Banner

काठमाडौं, भदौ १४-

यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानलाई दिइने भएको छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो । यसैगरी प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा श्री २०८० दिने निर्णय भएको मदन पुरस्कार गुठीले जनाएको छ । दुवै पुरस्कारको राशि ४/४ लाख रुपैयाँ रहेको छ ।

२०८० सालमा प्रकाशित पुस्तकमध्ये गुठीलाई प्राप्त भएका ३०४ मध्येबाट ८ साउनमा शीर्ष ५ पुस्तकको नाम सार्वजनिक गरिएको थियो । पुरस्कार आगामी असोजमा वितरण हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>