अन्तर्राष्ट्रिय

भारी वर्षाका कारण गुजरातमा घरका छतसम्म गोही

Banner

नयाँ दिल्ली, भदौ १३-

भारतको गुजरात राज्यमा भारी वर्षा र बाढीका कारण स्थिति बिग्रिएको छ । सेना र उद्धार टोली राहत कार्यमा जुटेका छन् ।

बिहीबार वायुसेनाको हेलिकप्टरको सहयोगमा द्वारकाको कल्याणपुरमा फसेका चार जनाको उद्धार गरेको थियो । बडोदराका तीन फरक ठाउँमा गोही देखिएका छन् ।

अकोटा क्षेत्रमा पानी भरिएपछि घरको छतमा गोही देखिएको समाचारमा उल्लेख छ । ।
फतेहगञ्ज क्षेत्र नजिकै कामनाथ नगरमा १५ फिट लामो गोही देखियो । यहाँ एउटा गोही कालोनीको एक घरमा छिरेको थियो । समाचार एजेन्सी एएनआईका अनुसार बडोदराको महाराजा सयाजीराव विश्वविद्यालय क्याम्पसमा देखिएको गोहीलाई वन विभागको टोलीले उद्धार गरेको छ । यसअघि बिहीबार बिहान गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>