अन्तर्राष्ट्रिय

पश्चिम बंगालले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक ल्याउने

Banner

नयाँ दिल्ली, भदौ १२-

भारतको कोलकाताको आरजी कार मेडिकल कलेजका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोध प्रदर्शनबिच पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आफ्नो सरकारले बलात्कारीहरूलाई मृत्युदण्ड दिने विधेयक ल्याउने बताएकी छिन् ।

‘आगामी साता संसद्को बैठक बोलाएर बलात्कारीलाई मृत्युदण्डको सजाय दिने गरी दश दिनभित्र विधेयक पारित गर्छौं । यसपछि हामी यो विधेयक गभर्नरलाई पठाउनेछौँ । यो विधेयक स्वीकृत गरेनन् भने हामी राजभवन बाहिर आन्दोलन गर्नेछौं । यो विधेयक पारित गर्नुपर्छ र यसपटक आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन,’ उनले भनेकी छिन् ।

कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको आरोपमा जनताको प्रदर्शन जारी छ । मंगलबार विद्याजीहरूले राज्य सचिवालय अर्थात् नबन्ना भवनसम्म विरोध जुलुस निकालेका थिए । सो र्‍यालीका क्रममा आन्दोलनरत विद्यार्थी र प्रहरीबिच झडप भएको थियो । यस मामिलामा ममताको राजीनामाको माग बढिरहँदा उनको यो अभिव्यक्ति आएको हो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>