बजार

घटेन बैंकमा पैसा, फेरि राष्ट्र बैंकले ४० अर्ब झिक्दै

Banner

काठमाडौं,भदौ १२-

नयाँ आर्थिक वर्षको करिब डेढ महिना सकिन लागिसक्दासम्म पनि बैंक तथा वित्तीय संस्थामा कर्जा माग बढेको छैन । कर्जा माग नबढेकै कारण बैंकहरूमा अधिक तरलता (धेरै लगानीयोग्य रकम) थुप्रिएको छ । प्रणालीमा पैसा थुप्रिएपछि ब्याजदर धेरै नघटोस् भनेरै राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ ।

तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो । अन्तर बैंक दर तीन प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट पैसा झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

हालको व्यवस्थाअनुसार अन्तर बैंक ब्याजदर तीन प्रतिशतभन्दा तल रहेको अवस्थामा राष्ट्र बैंकले बजारबाट पैसा झिक्नुपर्छ भने ६.५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउनुपर्छ । अहिले तीन प्रतिशतभन्दा तल झरेकाले फेरि बजारबाट पैसा झिक्न लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>