Breaking News

विराटनगरमा आज भव्य रथयात्रा, प्रदेशभर सार्वजनिक बिदा

Banner

विराटनगर,भदौ ११-

विराटनगरमा मंगलबार राधाकृष्ण रथयात्रा आयोजना हुँदैछ। १९८८ सालबाट खटयात्राबाट सुरु भएर २०२४ सालदेखि रथयात्रा निकाल्न थालिएको यो अनुष्ठानको समग्रमा ९३ औं संस्करण हो भने रथयात्राको ५६ औं संस्करण हो। राधाकृष्णको जोडीलाई भव्य रथको अग्रभागमा राखेर हजारौं श्रद्धालुको लर्कोले उल्लासपुर्वक नगर परिक्रमा गराइने विराटनगरको रथयात्रा यहाँको साँस्कृतिक पहिचान बनिसकेको छ। हजारौं श्रद्धालु सहभागी बन्ने रथयात्राको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ।

कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो। आयोजक समितिका अनुसार यसपटक मंगलबार दिनको ३ बजे विराटनगरको राधाकृष्ण मन्दिर तिनपैनीबाट सुरु हुने रथयात्रा ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक, दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिरमै आएर समापन हुनेछ।

रथयात्राका क्रममा आकर्षक रूपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ। हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने र उल्लास प्रकट गर्ने विराटनगरको रथयात्रामा अन्य धर्मावलम्बीहरुको पनि उत्तिकै सहभागिता हुने गरेको छ।

विराटनगरको रथयात्रामा मोरङ र सुनसरीका विभिन्न स्थानीय तहबाट श्रद्धालुहरू सहभागी हुने भए पनि कोशी प्रदेश सरकारले भने प्रदेशका १४ वटै जिल्लामा सार्वजनिक बिदा दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>