चितवन विशेष

भरतपुर २२ पदमपोखरीमा भदौ १९ गते तिज गित प्रतियोगिता हुने,सहभागि हुन आब्हान

Banner

चितवन, भदौ ७-

हरितालिका तिजको अवसरमा भरतपुर महानगरपालिका–२२ पदमपोखरीमा भदौ १९ गते अन्तर टोल विकास स्तरिय तिज गित प्रतियोगिता हुने भएको छ । सहनशिला बुहारी ग्रुप र अमर पदमपोखरी टोल विकास संस्थाको संयुक्त आयोजनामा तिज गित प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागीताको लागि समूह दर्ताको काम भइरहेको सहनशिला बुहारी ग्रुपकी कार्यक्रम संयोजक राधिका भण्डारीले जानकारी दिइन् । प्रतियोगितामा समूह र संघसंस्थाले सहभागीता जनाउन सक्ने छन् ।

‘समृद्ध समाज निर्माणमा महिलाको भूमिका’ भन्ने विषयमा हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद १५ हजार रुपैयाँ रहेको छ । दोस्रो पुरस्कार नगद १० हजार, तेस्रो पुरस्कार नगद ७ हजार र सान्त्वना पुरस्कार नगद ३ हजार रुपैयाँ र साथमा प्रमाणपत्र पनि दिइने भण्डारीले बताइन् ।

प्रतियोगिता अम्ब्रेला स्ट्रिटमा हुने बताइएको छ । प्रतियोगिताको सह आयोजकमा भरतपुर–२२ का १४ वटा टोल विकास संस्था रहेका छन् भने भरतपुर–२२ वडा कार्यालय संरक्षकको रुपमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>