Breaking News
मनहरीमा आक्रमण गर्न गएको बाघलाई भैंसीको प्रतिकार, बाघको मृत्यु, भैंसी घाइते
०

चितवन, भदौ ६-
मकवानपुरको मनहरीमा आक्रमण गर्न गएको बाघलाई भैंसीले प्रतिकार गर्दा बाघकै मृत्यु भएको छ । भैंसी घाइते भएको छ ।
आज बिहान ५ः१५ बजेको समयमा मनहरी गाउँपालिका–६ प्रतापपुरमा स्थानीय बलबहादुर राईको गोठमा रहेको भैंसीलाई चितवन राष्ट्रिय निकुञ्जको बाघले आक्रमण गरेको थियो । भैंसीले प्रतिकार गर्ने क्रममा बाघको मृत्यु भएको स्थानीयले बताएका छन् ।
यस्तो घटना पहिलो भएको लोथर मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर स्याङबोले जानकारी दिए । बाघको मुचुल्का गरेर सौराहा ल्याउँदै छ । स्याङबोका अनुसार बाघको शरिरमा चोट देखिएको छैन । भैंसीको शरिरभरी घाउ छ ।
गोठमा बाँधेको भैसीको आक्रमणबाट हो या अन्य कारणबाट बाघको मृत्यु भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुन्जले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























