Breaking News
मोदी र परराष्ट्रमन्त्री देउवा बिच आधा घण्टा भेटबार्ता, देउवाद्धारा नेपाल भ्रमणको निमन्त्रणा

काठमाडौँ, भदौ ३-
परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छन् । भारतको औपचारिक भ्रमणमा रहेकी राणाले मोदीसँगको सोमबार बेलुकी भएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको नेपाल भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेकी हुन् ।
उक्त भेटवार्तामा रहेका एक परराष्ट्रका अधिकारीले राणाले निमन्त्रणा हस्तान्तरण गरेको जानकारी दिए । भेटमा प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच करिब आधा घण्टा कुराकानी भएको थियो । परराष्ट्र स्रोतका अनुसार ओलीले यस पटक प्रधानमन्त्री भएपछि आफू पहिला भारत जाने भन्दा पनि भारतबाट प्रधानमन्त्री मोदीलाई पहिलो नेपालमा स्वागत गर्ने र त्यसपछि मात्र नयाँ दिल्लीको भ्रमण गर्ने योजना बताएका छन् ।
‘त्यही योजनाअनुसार परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको नेपाल भ्रमणको निमन्त्रणा मोदीलाई हस्तान्तरण गरेकी छन् ।
























