अन्तर्राष्ट्रिय

भारतले लञ्च गर्‍यो नयाँ रकेट, प्राकृतिक विपतबारे दिनेछ जानकारी

Banner

भारत, साउन ३२-

भारतले नयाँ रकेट लञ्च गरेको छ। भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले शुक्रवार आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट एसएसएलवी–डी३/ईओएस–०८ मिशनको तेस्रो उडानको लञ्च गरेको हो।

बीबीसीका अनुसार इसरोको उक्त मिशनको सफल भएमा त्यसले प्राकृतिक विपत्सँग सम्बन्धी जानकारीहरू प्राप्त गर्नमा सहज हुने र ठूलो जनधनको क्षतिबाट जोगिन सकिने अपेक्षा गरिएको छ।

रकेट लञ्च गर्दै इसरो प्रमुख एस सोमनाथले योजना अनुसार रकेटलाई उसको कक्षमा स्थापित गरिएको बताए। उनले हाल सबै राम्रो अवस्थामा रहेको र यो सफल भएमा प्राकृतिक विपत्सँग सम्बन्धी घटनाबारे जानकारी हासिलमा ठूलो योगदान पुग्ने बताए। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>