अन्तर्राष्ट्रिय

प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको अस्पतालमा तोडफोड

Banner

कोलकाता, साउन ३१-

कोलाकाताको आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको घटनाको विषयमा भइरहेको डाक्टरहरूको विरोध प्रदर्शनबिच अज्ञात समूहले अस्पतालमा तोडफोड गरेको छ ।

डाक्टरहरूले प्रदर्शन गरिरहेका बेला एक अज्ञात समूह बुधबार राति परिसरमा प्रवेश गरेर प्रदर्शन स्थल, गाडी र सार्वजनिक सम्पत्तिमा तोडफोड गरेका हुन् ।

सामाजिक सञ्जालमा भीडले बलात्कार र हत्या भएको स्थानमा पनि तोडफोड गरेको दाबी गरिएको छ । तर, कोलकाता प्रहरीले घटना भएको सेमिनार हलमा कसैले पनि तोडफोड नगरेको स्पष्ट पारेको छ । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>