अन्तर्राष्ट्रिय

बङ्गलादेशमा हिन्दुको सुरक्षा सुनिश्चित गरिनुपर्छ, हामी हाम्रा छिमेकीको शान्ति चाहन्छौँः मोदी

Banner

नयाँ दिल्ली, साउन ३१-

भारतको स्वतन्त्रता दिवसको अवसरमा लाल किल्लाबाट दिएको भाषणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशमा सत्ता परिवर्तनपछि हिन्दुहरूमाथि भएको आक्रमणको कुरा उल्लेख गरेका छन् ।

‘बङ्गलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ । हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ’ भाषणका क्रममा उनले भनेका छन् । बङ्गलादेशमा जे जस्तो भइरहेको छ त्यो चिन्ताजनक भएको पनि उनले बताए ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध भएको सुरु आन्दोलन चर्किँदै गएर सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री शेख हसिनाले यो महीनाको सुरुमा राजीनामा दिएर भारत भागेकी थिइन् । हसिनाको सरकार ढलेपछि बङ्गलादेशमा अल्पसङ्ख्यक, विशेषगरी हिन्दुहरूमाथि हिंस्रक आक्रमणका घटनाहरू एकपछि अर्को गर्दै आइरहेका छन् ।

सामान्य हिन्दुहरूमाथि मात्रै नभएर आक्रमणकारीहरूले नाम चलेका गायक आदिलाई समेत निशाना बनाइरहेको खबर आएको थियो । एजेन्सी

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>