स्वास्थ्य
फेसबुकमार्फत् क्यान्सरपीडितको उपचारमा २७ लाख सहयोग
०

पाँचथर, साउन ३०-
सामाजिक सञ्जालमार्फत् पाँचथरकी एक क्यान्सरपीडित महिलाको उपचारका लागि २७ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
फालेलुङ गाउँपालिका–६ ओगेम्बाकी ३५ वर्षीया सजिना राईको उपचारका लागि फेसबुकमार्फत् २७ लाख ११ हजार चार सय २९ रुपैयाँ सङ्कलन भएको हो।
स्तन क्यान्सर पीडित सजिनाको उपचारमा आर्थिक अभाव भएपछि दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले फेसबुकमार्फत सहयोगको आग्रह गरेका थिए।
सङ्कलित रकम हालै सजिनालाई हस्तान्तरण गरिएको छ। प्राप्त रकमबाट उनले क्यान्सरको शल्यक्रियासमेत गराइसकेकी छन्।
आफ्नो जीवन रक्षाका लागि रकम प्रदान गर्ने सबैमा सजिनाले हार्दिक कृतज्ञता ज्ञापन गरेकी छन्। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























