समाचार

एनआरएनएका डा.बद्री केसीको पक्षमा सर्वोच्चको फैसला, अध्यक्षको जिम्मेवारी समाले

Banner

काठमाण्डौँ, साउन २९-
डा. बद्री केसी नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नियमित काम सुरु गरेको छ । सर्वोच्च अदालतले एनआरएनएको ११ औँ महाधिवेशनबाट निर्वाचित केसी नेतृत्वको कार्य समितिलाई मान्यता दिएसँगे काम सुरु गरेको हो ।

एनआरएनएको विवादमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले साउन २२ गते गरेको फैसलाको मंगलबार पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले केसीले अध्यक्षको रूपमा काम कारबाही गर्न पाउने ठहर गरेको थियो ।

‘गैरआवासीय नेपाली संघको ११ औँ अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा। बद्री केसी नेतृत्वको अन्तर्राष्ट्रिय समन्वय परिषद्‌ले मंगलबारदेखि नियमित काम सुरु गरेको छ,’ एनआरएनएले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१–०४–२२ मा रिट नम्बर ०८०–धय–११५७ मा भएको आदेशअनुसार गत अक्टोबर १७–२०–२०२३ मा काठमाडौँमा सम्पन्न महाधिवेशनबाट निर्वाचित ११ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्‌ले नियमित काम सुरु गरेको हो ।’

यसअघि चैत्र २८ गते परराष्ट्र मन्त्रालयले उक्त महाधिवेशनबाट निर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई संघको नियमित कामकाज नगर्न गरेको पत्राचार अनुसार काम रोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>