विज्ञान/प्रविधि

प्राधिकरणबाट समन्वय नहुँदा सोमबार एनसेलको नेटवर्कमा समस्या

Banner

काठमाडौं, साउन २९-

नेपाल विद्युत् प्राधिकरणले समन्वय नै नगरेर अप्टिकल फाइबर काटिदिएपछि सोमबार आफ्नो नेटवर्कमा समस्या आएको एनसेनले बताएको छ।

प्राधिकरणले बिजुलीको पोल सार्ने क्रममा पोखरा र दमौली जोड्ने एनसेलको मुख्य अप्टिकल फाइबर चुडिँदा समस्या आएको बताइएको छ।

अप्टिकल फाइबर काटिदिएपछि ती क्षेत्र आसपास एनसेलको सेवा एक घण्टाको लागि ठप्प बनेको थियो। एनसेलले सेवा रोकिएको करिब एक घण्टाभित्रै पुनः सञ्चालनमा ल्याएको थियो।

मुख्य अप्टिकल फाइबर सहित विकल्पको रूपमा काम गर्ने अप्टिकल फाइबर पनि यसअघि सडकमा कल्भर्ट बनाउने क्रममा चुडिएको थियो। यसरी दुवै अप्टिकल फाइबर लाइन चुडिँदा नेटवर्कमा समस्या आएको थियो ।

नेटवर्कमा समस्या आएपछि एनसेलका ग्राहकले कल गर्न, डेटा सेवा चलाउन र एसएमएस पनि पठाउन सकेका थिएनन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>