राजनीति
यो सरकार देशलाई समृद्धिको जगमा लैजान बनेको होः उपप्रधानमन्त्री सिंह
०

काठमाडौँ, साउन २६-
देशलाई समृद्धिको मार्गमा लैजान नयाँ सरकार बनेको उप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले बताएका छन्। शनिबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा बोल्दै उनले देशलाई समृद्धिको मार्गमा लैजान नयाँ सरकार बनेको बताएका हुन् ।
सरकारले जनताको निराशा चिर्ने र प्राप्त उपलब्धि रक्षा गरेर जाने गरी सहमतिका आधारमा सरकार बनेको उनको भनाइ छ । आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा उनले क्षेत्रका मतदाताका कारण आफूले अहिले अवसर पाएको भन्दै मतदाताको चाहनाअनुसार विगतमा भन्दा धेरै काम गर्ने पनि बताए। आफूले विगतमा अवसर पाउँदा पनि काम गरेको र अहिले पहिलेभन्दा धेरै काम गर्ने विश्वास दिलाए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























