राजनीति

सरकारलाई निरङ्कुश बन्न नदिन कांग्रेसले खबरदारी गर्नुपर्छ : नेतृ सङ्ग्रौला

Banner

काठमाडौं, साउन २५-

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले देशलाई रूपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन प्रस्ताव गरेकी छिन् ।

त्यस्तै उनले सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई प्रशिक्षण दिन, आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने गरी स्पष्ट रोडम्याप र एजेन्डा तय गर्न नेतृत्वलाई सुझाव दिएकी छिन् ।

बिहीबार सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो धारणा राख्दै डा सङ्ग्रौलाले भनिन्, ‘हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गर्यौं, तर हाम्रो एजेन्डा के हो ? भिजन के हो ? देशलाई रूपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन, सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु ।’

त्यस्तै उनले सरकार निरङ्कुश बन्छ कि भन्ने त्रास बढिरहेकाले कांग्रेस स्वयमले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूलाई प्रशिक्षण, छलफल र अन्तरक्रिया गराउनुपर्ने बताइन् । भ्रातृ सङ्गठनहरूको अधिवेशन लामो समयदेखि हुन नसक्दा देशभर सङ्गठनको गतिविधि सुस्त भएको, चहलपहल घटेकाले तत्काल अधिवेशन गराएर सङ्गठनलाई चलायमान बनाउन उनले माग गरिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>