चितवन विशेष
एक्सपर्टको वार्षिकोत्सवमा २२५ पिन्ट रगत संकलन

चितवन, साउन २४–
एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले २१औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको वृहत खुल्ला रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन गरिएको छ ।
एक्सपर्ट रत्ननगर कार्यालय परिसर बकुलहर चोकमा आज (बिहीबार) विहान गरिएको रक्तदान कार्यक्रममा २२५ पिन्ट रगत संकलन गरिएको एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार महिला रक्तदाताहरुको समेत उल्लेखीय सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रमका संयोजक लक्ष्मण शर्माले सबैको साथसहयोगले २२५ पिन्ट रगत संकलन गर्न सफल भएको बताउनुभयो । उहाँले रक्तसंचार केन्द्र भरतपुर शाखालाई समन्वयका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
रक्तदान कार्यक्रमको रत्ननगर नगरपालिकाका नगर–प्रमुख प्रलाद सापकोटाले एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

सो क्रममा बोल्दै नगर–प्रमुख सापकोटाले निजी क्षेत्रबाट रक्तदान कार्यक्रमलाई प्राथमिकताका साथबाट अगाडि बढाउनु सकरात्मक पक्ष भएको बताउनुभयो । उहाँले समाजमा एक्सपर्टले निकै सकरात्मक कामहरु गरेको आफू जानकार रहेको भन्दै विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरुलाई विद्यालयसम्म जाने वातावरणमा पनि एक्सपर्टले साथ दिनुपर्नेमा जोड दिनुभयो ।
एक्सपर्टले गतवर्ष पनि रत्ननगरमा वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गरेको थियो । गतवर्ष निजी क्षेत्रबाट सर्वाधिक धेरै रगत संकलन गरेर एक्सपर्टले पुरस्कार समेत पाएको थियो । यसवर्ष भने गतवर्षको रेकर्ड नै तोडिएको छ ।
एक्सपर्ट रत्ननगरकी शाखा प्रमुख मिना तिमिल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम अध्यक्ष घनानाथ अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सन् २००३ अगष्ट ८ मा अष्ट्रेलियाको सिड्नीमा एक्सपर्टको जन्म भएको हो । एक्सपर्टका हाल २० देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । चितवनमा मात्र एक्सपर्टको भरतपुर, रत्ननगर र पर्सामा गरी तीन अफिस छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस/पीटीइ र स्याट कक्षाहरुसमेत संचालन गर्दै आइरहेको छ ।



























