नवलपरासी

कावासोतीमा घरमा कोही नभएको मौका छोपी ८ लाखभन्दा बढीको नगद तथा गरगहना चोरी

Banner

काठमाडौँ, साउन २२-

नवलपुरको कावासोती १६ तिनघरमा चोरी भएको छ । घरमा कोही नभएको मौका पारी कावासोती १६ तिनघरस्थित हुमलाल विकको घरमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले घरबाट एक लाख ५० हजार नगद, औठी, तिलहरी, सिक्रीलगायतका गरी पाँच तोलाबराबरको सुनको गरगहना, खुत्रुकेमा बचत गरेको रकम, काँसका भाडाकुडा गरी ८ लाख बढीको नगद र गरगहना चोरी बताउनुभयो ।

केही अपरिचित व्यक्तिहरुले घरको मुलगेटको ताला फोरी चोरी गरेको प्रहरीले जनाएको छ। हुमपाल विक कावासोती १ हात्तीखारमा आफ्नो दाजुको मृत्यु भएको घर गएका थिए।

घटनास्थलमा प्रहरी पुगेर घटनाको अनुसन्धान गर्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>