राजनीति

आफ्नो कदमले पार्टीभित्र कुनै असर पुगेको छैनः प्रचण्ड

Banner

काठमाण्डौँ, साउन २२-
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कदमले पार्टीभित्र असन्तुष्टि नरहेको बताएका छन्। मंगलबार विराटनगरमा माओवादी केन्द्र कोशी प्रदेश कमिटीको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले आफ्नो कदम राम्रो कामका लागि भएकाले असन्तुष्टि हुने कुरै नआउने जिकिर गरे।

उथलपुथल भन्दै कहिले यता कहिले उता गर्दा कार्यकर्ता असन्तुष्ट भएनन् भन्ने संचारकर्मीको प्रश्नमा अध्यक्ष दाहालले आफ्ना कदमले पार्टीभित्र कुनै असन्तुष्टि र समस्या नभएको दाबी गरे। उनले भने ‘राम्रो काम गर्दा किन असन्तुष्टि। नराम्रो काम गर्दा पो असन्तुष्टि हुन्छ त।’

अध्यक्ष दाहालले अझै के के हुने हो त्यो हेर्न पत्रकारहरूलाई आग्रह गरे। उनले भने ‘हेर्दै जानुस् न अरु के–के हुन्छ।’ उनले पार्टीलाई अगाडि बढाउन सबैमा एकमत रहेको बताए। कांग्रेस र एमालेले अवसर दिएकाले अब, सङ्गठन सुदृढ गरेर जनतामा जाने उनले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>