राजनीति
सोविताको गुनासोः राष्ट्रिय दलका युवाले गाँजा र रक्सीको नशामा मलाई दुर्व्यवहार गरे
०

काठमाडौं, साउन २१-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले निर्वाचन क्षेत्रमा जाँदा हिजो आफूमाथि दुर्व्यवहार भएको गुनासो गरेकी छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा आफूमाथि कुनै राष्ट्रिय दलको जिम्मेवारीमै रहेका व्यक्तिहरूले दुर्व्यवहार गरेको बताइन् । यद्यपि, उनले कुन दलको को भन्ने खुलाइनन् ।
पहिरो हेरेर फर्किने क्रममा गाँजा र रक्सीको नशामा रहेका १५/२० जना युवाले आफूलाई घेरेर गाली गरेको उनको भनाइ थियो । उनले आफूलाई यो हर्कतको जिम्मा ती युवा आवद्ध राष्ट्रिय दलले लिन्छ कि लिँदैन रु भनेर सरकारको ध्यानाकर्षण गराएकी छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























