राजनीति
विद्युत् प्राधिकरणका दुई सदस्यलाई हटाएकोप्रति माओवादीको आपत्ति
०

काठमाडौं, साउन २१-
नेकपा माओवादी केन्द्र सरकारले नेपाल विद्युत् प्राधिकरणका दुई सदस्यको बर्खास्त गरेकोप्रति आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै माओवादीका सांसद माधव सापकोटाले नियम उलंघन गरेर सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाएको बताए।
उनले भने, दुई जनालाई सरकारले नियम उलंघन गरेर सरकारले बर्खास्त गरेको छ। योप्रति भर्त्सना गर्दै सरकार देशमा अटेक्रेसी चलाउन खोजिरहेको भन्ने कुराको आशंका व्यक्त गर्छु।
डेडिकेटेड र ट्रंक लाइन विवादमा फरक मत राखेपछि सरकारले दुवै जनालाई पदमुक्त गरेको थियो। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























