अन्तर्राष्ट्रिय

भारतमा कारका चालक निदाएपछि…

Banner

नयाँदिल्ली, साउन २०-

भारतको आगरा–लखनउ ‘एक्सप्रेस वे’मा बस र कार ठोक्किँदा सातजनाको मृत्यु भएको छ । इटावा भन्ने स्थानमा सो घटना भएको हो । नागाल्यान्डको नम्बर भएको डबल डेकर बस रायबरेलीबाट दिल्ली जाने क्रममा सो घटना भएको हो ।

‘एक्सप्रेस वे’मा १२९ माइल स्टोननजिकै कारसँग बस ठोक्किएको थियो । प्रहरीका अनुसार कारका कारका चालक निदाएका कारण आफ्नो लेनबाट क्रस गरेर बससँग ठक्कर खाएको थियो । ठक्करका कारण बस अनियन्त्रित भएर सडकबाट झरेको थियो ।

दुर्घटना बसमा सवार चारजना र कारमा सवार सातजनाको मृत्यु भएको थियो । प्रहरीका अनुसार बसमा ६० जना यात्रु सवार थिए । बसमा रहेका करिब २५ जना घाइते भएका छन् । बीबीसी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>