राजनीति
राजनीतिक स्थायित्व दिन ठुला दुई दल मिल्नु पर्यो: उपप्रधानमन्त्री सिंह

काठमाडौं, साउन १९-
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वको जगमा आर्थिक परिवर्तनका लागि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० मिलेर सरकार बनाएको बताएका छन्।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.१ का दुवै प्रदेश कार्य समितिद्वारा शनिबार यहाँ आयोजित बधाइ तथा शुभकामना कार्यक्रममा उनले राजनीतिक स्थिरता राजनीतिक, सामाजिक, आर्थिक विकासका काम गर्न दुई ठूला दल मिल्नुपरेको बताए। उनले भने, ‘मुलुकमा स्थिरता र स्थायित्व दिनका लागि दुई प्रमुख राजनीतिक दल आर्थिक, सामाजिक परिवर्तन र राजीतिक स्थिरताका लागि वर्तमान सरकार गठन भएको हो।’
वर्तमान सरकारलाई सफल तुल्याउन जनतालाई सहज र सरल रूपमा सेवा प्रवाह गर्ने कार्यमा जुट्न उपप्रधानमन्त्री सिंहले पार्टी कार्यकर्तालाई आह्वान गरे। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले पहिलो र दोस्रो ठूलो राजनीतिक दलबीचको सहकार्यमा बनेको वर्तमान सरकार राजतीतिक स्थिरता र विकासका लागि परिणाम देखिने गरी काम गर्ने बताए। दुई ठूला दल मिलेर प्रदेशमा सरकार बनेपछि स्थिरताको जग बसेको उनको भनाइ थियो।

























