राजनीति
देश अप्ठेरो स्थितिमा रहेकोले प्रयोगशाला हुनबाट जोगाउन कांग्रेस-एमाले मिलेको होः योगेश भट्टराई
०

काठमाडौं, साउन १९-
देशलाई नयाँ दिशा दिन कांग्रेससँग सहकार्य गरेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन् । ताप्लेजुङ पुस्तक विमोचन तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव भट्टराईले देशलाई नयाँ दिशा दिन तथा अप्ठेरो स्थितिमा देश रहेको बेलामा कांग्रेस-एमाले मिल्ने गरेको बताएका हुन् ।
उनले भने, ‘अहिले देशका दुई ठूला पार्टी सरकारमा बसिरहेका छौं । मुलुकलाई केही नयाँ दिशा दिन नै हामीले यो प्रयत्न गरेका छौं । देशलाई धेरै प्रयोगशाला नबनाऔं, पटकपटक प्रयोगशाला हुँदै आयो, अब त्यसो नगरौं, दुई पार्टी प्रतिस्पर्धी पनि हौ र इतिहासका निर्माता पनि हौ । इतिहासको कठिन मोडमा देशलाई निकास दिन अग्रसर भएका पार्टी हौं, शान्ति प्रक्रिया, संविधान निर्माण, लोकतन्त्रलाई सुदृढीकरण गर्ने कुरामा हामी एक ठाउँमा आएका छौं र मुलुकलाई सही दिशा दिएका छौं ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























