अन्तर्राष्ट्रिय

पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय नाघ्दा उत्तराखण्डमा ५० जना बेपत्ता

Banner

भारत, साउन १८-

भारतको वायनाडमा भू-क्षय र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय नाघेको छ।

केरल राज्यको वायनाडस्थित चुरलमाला, मुडकई र अट्टामाला लगायतको क्षेत्रमा मङ्गलवार मुसलधारे वर्षासँगै आएको पहिरो र भूक्षयमा परी हालसम्म ३०८ जनाको मृत्यु भएको बताइएको छ। चौथो दिनपनि त्यसक्षेत्रमा उद्धार कार्य जारी रहेको छ।

यसैबीच, हिमाचल प्रदेशको उत्तराखण्डमा बिहीवार अति भारी वर्षाका कारण ५० जना बेपत्ता भएका छन्। मुसलधारे वर्षाका कारण पहिरो जाँदा ६ जनाको मृत्यु भएको बताइएको छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।

यस्तै केदारनाथ यात्रामा रहेका झन्डै ४ हजार यात्रुहरूको प्रहरीले उद्धार गरेको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>