खेलकुद
काभा बिच भलिबलमा भुटान नेपालसँग पराजित
०

काठमाडौँ, साउन १८-
काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले भुटानलाई पराजित गरेको छ । भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा आज (शुक्रबार) बिहान जारी काभा बिच भलिबलमा नेपालले भुटान बी टिमलाई २-० को सेटमा पराजित गरेको हो ।
मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले दुवै सेट २१-१४ ले आफ्नो पक्षमा पारेको हो ।
नेपालले आजै र्ज्वेकिस्तान र ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ । पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २-० को सेटमा पराजित भएको थियो ।