साहित्य
कविता: “कफी साथी”

डिला खरेल–
के बानि पर्यो हरेक विहान नभई नहुने
म उठेकै हुन्छु , जागेकै हुन्छु
तर तिमि छेउ नभई नहुने
आ तातो भयो, आ चिसो भयो, आ तितो भयो
चिनी थपेर पनि तितो भयो
तिमीले आफ्नो सच्चा कलर फेर्दिनौ , सदा तितो के तातो के चिसो
तेही भएर त् साथी भयौ
सदा तितो थियौ र पनि मिठो थियौ
न त् स्वाद बदलयौ , न त् मिठास बदलयौ
सदा तितो थियौ र पनि मिठो थियौ
तेही भएर त् कफी तिमि साथी भयौ
हतपत कोहि साथि हुन् सक्दैनन् जिन्दगि भर तितो हुने छौ
तिमि लाइ बदल्न प्रयास हुनेछन हर कोण बाट
तातो हालिने छ , चिसो हालिने छ , चिनी हालिने छ बेसार हालिने छ
तर,
कसैको केहि लाग्ने छैन तिमि तितो नै रहने छौ र त् मेरो साथि हुनेछौ
हो म यस्तै यस्तै छु रंग रुप र स्वाद नबदल्ने तर प्राय सबै लाइ मन पर्ने लत बसिदिने, तितो भएर पनि साथि भइदिने
के बानि पर्यो हरेक विहान नभई नहुने
तितो तिमि, सत्य तिमि, यथार्थ तिमि आफ्नो गुण नबदल्ने ।
आहा साथी हुनु त् यस्तो पो
मेरो साथि तिमि कफी साथी .. र कफी साथी …।
























