देश/प्रदेश
विनयी त्रिवेणी गाउँपालिकाले गर्यो प्रधानमन्त्री राहत कोषमा ३२ लाख सहयोग
०

नवलपुर (नवलपरासी), भदौ १७-
रसुवा बाढीपीडितलाई विनयी त्रिवेणी गाउँपालिकाले रु ३२ लाख सहयोग प्रदान गर्ने भएको छ ।
बाढीपीडितको राहत उद्धार तथा पुनःस्थापनाका उक्त रकम प्रदान गरिने भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।
राहतका लागि पालिकाले पालिकाका जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट जम्मा गरी एकमुष्ट ३२ लाख ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गरिने भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























