Uncategorized

मिटरब्याजीले हत्या गरेको आरोपमा शवसहित धर्ना

Banner

जनकपुरधाम, साउन १३-
धनुषामा कुटपिटबाट हत्या गरिएका धनुषाधाम नगरपालिका–२ मंगलपुरका ४५ वर्षीय भोगेन्द्र ठाकुरको शवसहित मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् ।

जनकपुरधामस्थित स्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर मिटरब्याज पीडितहरु धर्नामा बसेका हुन् । ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो । स्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधबार पनि प्रदर्शनमा उत्रिए ।

ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी छन् । धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाका अनुसार सोमबार बिहान ठाकुरको हत्या भएको थियो । हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखिया पक्राउ परेका छन् । घटना पश्चात मिटरब्याज पीडित संघर्ष समितिले मृतक मिटरब्याज पीडित रहेको बताएको छ । उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दावी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने मिटरब्याज पीडितको माग छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>