Breaking News
सिमताल पहिरोः हराएका बस र बेपत्ता यात्रु खोज्न सरकारले चीनसँग सहयोग माग्दै
०

चितवन, साउन १६-
नारायणघाट-मुग्लिन सडकअन्तर्गत सिमतालमा २८ असारमा लेदो सहितको पहिरोमा परी दुई वटा बस बगेका थिए । हराएका बस र बेपत्ता यात्रुको खोजी गर्न सरकारले चीनसँग सहयोग माग्ने भएको छ ।
गृहसचिव एकनारायण अर्यालका अनुसार बस खोज्न चीनसँग सहयोग माग्ने तयारी भएको हो । खोजीका लागि चीन सरकारसँग पनि अनुरोध गर्ने तयारी गरिरहेका छौं’ अर्यालले बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने । यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।
बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएपनि हालसम्म २४ वटा शव मात्रै फेला परेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























