समाचार
एअर होस्टेजलाई दुर्व्यहार गरेको आरोपमा एक जना पक्राउ
०

धनगढी, साउन १६-
धनगढी विमानस्थलबाट श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका(१ का शिवराज ओझा छन् ।
मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडेको विमानको एअर होस्टेजमाथि ओझाले दुर्व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























