अन्तर्राष्ट्रिय

भारतको केरलमा पहिरो: १५ जनाको मृत्यु, ५० घाइते

Banner

नयाँ दिल्ली, साउन १५-

भारतको केरलको वायनाडमा मंगलबार पहिरो खस्दा १५ जनाको मृत्यु भएको छ । घाइते ५० जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

पहिरोमा ठूलो संख्यामा मानिस फसेको हुन सक्ने अनुमान गरिएको छ । वनमन्त्री एके ससीनन्दनले पहिरोमा कति मानिस फसे भन्ने यकिन संख्या थाहा हुन नसकेको बताए । पीडितको उद्धारका निम्ति एयरफोर्सको हेलिकोप्टर प्रयोग गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी मृत्यु भएकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । त्यहाँको प्रधानमन्त्री कार्यालयले मृत्यु भएकाका परिवारलाई जनही दुई लाख र घाइतेका परिवारलाई ५० हजार भारु दिने जनाएको छ ।

वायनाडका सांसद तथा विपक्षी नेता राहुल गान्धीले पनि उक्त क्षेत्रमा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले राहतका निम्ति कुनै समस्या आएमा आफूलाई बताउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । बीबीसी हिन्दीबाट ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>