समाचार
सिमलताल घटनामा सङ्घीय सरकार गम्भीर देखिएन : सांसद श्रेष्ठ
०

बारा, साउन १५-
पूर्व मन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सङ्घीय सांसद किसान श्रेष्ठले चितवनको सिमलतालमा भएको बस दुर्घटनामा हराइरहेका व्यक्तिको खोजीमा सङ्घीय सरकार गम्भीर नदेखिएको बताएका छन्।
वीरगन्ज महानगरपालिका वडा नं ३१ वेलुवामा आयोजित एक कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले सिमलताल घटनाले अहिले मधेस रोइरहेको टिप्पणी गरे ।
‘यदि त्यो दुईवटा बसमा मधेस र मधेसीको मात्रै मृत्यु नभएको भए नेपाल सरकारले अहिलेसम्म केही गथ्र्यो होला, तर मधेसका जनता भएकै कारण सङ्घीय सरकार घटनाप्रति गम्भीर देखिएको छैन’ सङ्घीय सांसद श्रेष्ठले भने ‘सो घटनामा मृतक परिवारका लागि अव सरकारले प्याकेज सहितको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























