समाचार
नागढुङ्गा-नौबिसे सडक खण्ड अवरुद्ध
०

धादिङ, साउन १५-
अविरल वर्षाका कारण आज बिहान खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडक खण्ड अबरुद्ध भएको छ।
धुनीवेशी नगरपालिकास्थित वडा नम्बर–९ खत्रिपौवा सुरुङ्ग मार्ग नजिकै लेदोसहितको पहिरो आउँदा सडक बिहानैदेखि दुवैतर्फ बन्द भएको हो।
सडक अवरुद्ध कारण राजधानीबाट बाहिरिने र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरु रोकिएका छन्। पहिरो पन्छाउने प्रयास भइरहेको धादिङ प्रहरीले जनाएको छ।
लेदोसहितको पहिरो भएकोले पन्छाउन केही समय लाग्ने प्रहरीको भनाइ छ।