समाचार

आज विश्व बाघ दिवस, नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

Banner

काठमाडौं, साउन १४-

आज विश्व बाघ दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ।

यो वर्ष नेपालमा ‘मानव बाघ सहअस्तित्व र समृद्धि’ भन्ने नाराका दिवस मनाइँदैछ। दिवसका अवसरमा आयोजित कार्यक्रमलाई राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। बाघ विश्वका १३ देशमा पाइन्छ, जसमा नेपाल पनि एक हो । नेपालमा बाघको संख्या बढेसंगै व्यवस्थापनमा चुनौती थपिनुका साथै मानिससँगको द्वन्द्व बढेको विज्ञको भनाइ छ।

सन् २०१० को नोभेम्बरमा रुसमा भएको पहिलो बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्म बाघको संख्या दोब्बर गर्ने प्रतिबद्धता जनाएको थियो। तर यो अवधिमा बाघको सङ्ख्या तेब्बर भइसकेको छ। सन् २००९ मा १२१ गणना भएका बाघ सन् २०२२ मा पुग्दा ३५५ पुगेको छ।

नेपालले सन् २०२२ सम्ममा २५० पुर्‍याउने लक्ष्य राखेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>