सप्तरी

कुकुर मर्दा सप्तरीका मेयरले गरे मानवको झैँ काजकिरिया !

Banner

राजविराज, साउन १४-

सप्तरीका एक मेयरले हिन्दु परम्परालाई आदर्श मानेर आफ्नो कुकुर मर्दा काजकिरीया गरेर सबैलाई अचम्मित पारेका छन् ।

आफ्नो घरमा पालेको कुकुर मरेपछि शोकमा परेका कंचनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले मानिस मर्दा जस्तै गरिने विधी र हिन्दु रितीरिवाज अनुसार अन्त्येष्टी गरेर कुकुरप्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

गुप्ता परिवारले ७ वर्षदेखि घरमा सन्तान झै पालन पोषण गरी हुर्काएको स्विटी (डाँगो) र क्विटी (छाउडी)मध्ये क्विटी अकस्मात शनिवार विरामी पर्‍यो । मेयर गुप्ताले करिब १५ हजार रुपैया खर्चेर कुकुरको स्थानीय पशु स्वास्थ्य उपचार केन्द्रमा उपचार पनि गराए । तर, उपचार कै क्रममा आइतबार उसको मृत्यु भयो ।

कुकुर मरेपछि आईतवार नै मेयर गुप्ताले कोशी किनारमा लगेर हिन्दु रितीरिवाज अनुसार कुकुरको शवको अन्त्येष्टी गरेका छन् । आफ्नो श्रीमती, छोरा र छोरी जस्तै माया गर्ने कुकुर मरेपछि शोकमा ३ दिन घरमा खाना पनि नपाक्ने उनले बताए ।

घरका सदस्य जस्तै नजिक ठान्ने कुकुर मरेपछि घरका सबै सदस्य दृुःखित भएपनि एउटा जनावरको मानव झै मृत्यु संस्कार गर्न पाउँदा भने आत्मसंतुष्टि मिलेको र जनावरलाई पनि सबैले मानव झै माया र व्यवहार गर्नू पर्छ भन्ने संदेश समेत दिन चाहेको गुप्ता परिवारको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>