चितवन विशेष

चितवनमा ग्याँस लिक भएर आगलागी हुँदा एक महिलाको मृत्यु

०
Banner

चितवन, साउन १३–

चितवनमा करिव एक महिनाअघि ग्याँस लिक भएर लागेको आगलागीमा परेर गम्भिर घाइते भएकी एक महिलाको आज मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत खैरहनी नगरपालिका–६ बस्ने वर्ष ३१ की चिनुमाया श्रेष्ठको आज साँझ ६ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । गत असार १५ गते दिउँसो १२ः३० बजेको समयमा आफ्नै घरको कोठाभित्र ग्याँसमा खाना पकाउने क्रममा ग्याँस लिक भएर आगलागी हुँदा श्रेष्ठ गम्भिर घाइते भएकी थिइन् ।

आगलागीबाट श्रेष्ठको शरीरको ५० प्रतिशत भन्दा धेरै जलेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>