अर्थ
सुनको मूल्य तोलामा एक हजारले वृद्धि
०

काठमाडौँ, साउन १३-
स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार सात सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४५ हजार सात सय निर्धारण भएको छ ।
शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार प्रतितोलामा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।
यसैगरी चाँदीको मूल्य आज तोलामा रु १० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार सात सय ३० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार सात सय ४० निर्धारण भएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























