खेलकुद
बलिङ, ब्याटिङ, फिल्डिङमा सुधार गर्नुपर्ने छः कप्तान इन्दु
०

काठमाडौँ, साउन १०-
राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले धेरै वर्षपछि यूएईलाई जित्दा खुसी लागेको बताएकी छिन्।
बिहीबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै बर्माले धेरै वर्षपछि यूएईलाई जित्दा खुसी लागेको बताएकी बताएकी हुन्।
उनले भनिन्, ‘धेरै वर्षपछि हामीले यूएईलाई बिट गर्न सक्यौँ । बेस्ट मोमेन्ट त्यही हो जस्तो लाग्छ।’
उनले आफूहरूले अझै धेरै कुरा सुधार गर्नुपर्ने पनि बताएकी छिन्। बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने उनको भनाइ छ।
‘हामीले सुधार गर्नुपर्ने चिज धेरै छ। बलिङ, ब्याटिङ, फिल्डिङमा सबै पक्षमा सुधार गर्नुपर्ने छ। हामीले अझै मिहिनेत गरेर सुधार गर्दै गयौँ भने ठूला टिमलाई बिट गर्न सक्छौँ,’उनले भनिन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























