क्रिकेट

एसीसी एसिया कपः भारतले नेपाललाई दियो १७९ रनको लक्ष्य

Banner

काठमाडौं,साउन ८-

सिफाली वर्माको अर्धशतकप्रेरित भारतले एसीसी एसिया कपमा नेपाललाई १७९ रनको लक्ष्य दिएको छ । श्रीलंकाको धमुल्लामा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको हो ।

भारतकी ओपनर सिफालीले एक रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले चार बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७ रन प्रहार गरिन् ।

जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् । नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो ।महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ । प्रतियोगिताको साविक विजेता समेत रहेको भारतविरुद्ध नेपालले समूह चरणको अन्तिम खेल खेलिरहेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>