अर्थ
करदाता प्रोत्साहन उपहार कार्यक्रमः आज ३३ जना विजेता छनोट हुँदै
०

काठमाडौँ, असोज १-
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट आज हुने भएको छ । आन्तरिक राजश्व विभागका अनुसार भदौ महिनाका ३१ जना र २ जना बम्पर गरी ३३ जना विजेता घोषणा गर्न लागिएको हो ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण भदौ १६ गतेको उपहार घोषणा कार्यक्रम स्थगित भएको थियो । भदौ महिनाका प्रत्येक दिनका दरले ३१ जनाले जनही रु एक लाख पाउनेछन् । साथै २ जना बम्पर उपहार पाउनेले जनही रु १० लाख पाउनेछन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























