खेलकुद

एसिया कपः भारतले ब्याटिङ रोज्यो, नेपालले पहिले फिल्डिङ गर्ने

Banner

काठमाडौं,साउन ८-

महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो। साँझ सवा ७ बजे सुरु हुने खेलमा भारत र पाकिस्तानले अन्तिम चारमा लगभग स्थान बनाइसकेका छन्। आजै पाकिस्तानले युएईलाई १० विकेटले पराजित गरेसँगै नेपालको यात्रा यहीँ टुंगिने करिब निश्चित भएको हो।

नेपालसँगको खेलमा भारतले आफ्ना कप्तान हरमनप्रीत र पूजा वस्त्रकारलाई आराम दिएको छ। यो खेलको कप्तानी मन्धनाले गर्नेछिन्। भारत आफ्नो अपराजित यात्रालाई कायम राख्दै एसिया कपको सेमिफाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ। भारतीय टोलीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ।

पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>