Breaking News

क्यान्सर अस्पताल भरतपुरको लेखा अधिकृत घुससहित पक्राउ

Banner

चितवन, साउन ६–

चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस सहित रङगेहात पक्राउ परेकी छन् ।

अस्पतालकी लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर–७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आइतवार अपरान्ह घुससहित पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसंग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो । कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>