समाज

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिमारी परे, दुईको अवस्था गम्भीर

Banner

धनगढी, साउन ५-

विषालु च्याउ खाँदा बझाङमा एकै घरका तीन जना बिरामी परेका छन्।

दुर्गाथली गाउँपालिका –५ का ४० वर्षीय तिलक पुजारा उनका १२ वर्षीय दर्शन पुजारा र ५ वर्षका शुभम् पुजारा बिरामी परेका हुन्।

विषालु च्याउ खाएपछि उनीहरु शुक्रबार दिउँसो १२ बजे बेहोस् भएका थिए। तिलककी श्रीमतीले तत्काल जिल्ला अस्पताल बझाङ उपचारका लागि पुर्‍याएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर जोशीका अनुसार तिलक पुजारा र उनका कान्छा छोरा शुभमको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रेफर गरिएको छ।

उनीहरु दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेको सूचना अधिकारी जोशीले बताए।

तिलकका जेठो छोरा दर्शन पुजारा भने सामान्य उपचार पश्चात जिल्ला अस्पताल बझाङबाट डिस्चार्ज भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>