अर्थ वार्ता
सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घट्यो
०

काठमाडौँ, साउन ४-
नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा १ लाख ४९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर तोलामा १ लाख ४७ हजार ५०० रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुन तोलामा १ लाख ४६ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार घटेर १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























