अन्तर्राष्ट्रिय

रुसलाई सघाएको घोषणाप्रति उत्तर कोरियाको निन्दा

Banner

सियोल, असार २९-

उत्तर कोरियाले हालै सम्पन्न नाटो शिखर सम्मेलनमा प्योङयाङले रुसमा हतियार निर्यात गर्ने गरेको आरोपको कडा निन्दा गरेको राज्यको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएको छ।

यस हप्ता सम्पन्न सम्मेलनको संयुक्त घोषणामा नाटो नेताहरूले मस्कोलाई प्रत्यक्ष सैन्य समर्थन प्रदान गरेर युक्रेन र रुसको युद्धलाई बढावा दिएको भन्दै उत्तर कोरियाको निन्दा गरेका थिए ।

प्योङयाङले मस्कोमा हतियार ढुवानी गरिरहेको आरोपलाई बारम्बार अस्वीकार गरेको छ । तर गत जुनमा आक्रमणको समयमा एकअर्कालाई सैन्य सहायतामा प्रदान गर्ने सम्झौतामा नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हस्ताक्षर गर्नुभएको थियो ।

विदेश मन्त्रालयले नाटोको उक्त आरोप अस्विकार गर्दै कडा रुपले प्रतिकार गरेको प्योङयाङको कोरियन केन्द्रीय समाचार समितिले शनिबार जनाएको छ ।

मन्त्रालयको प्रवक्तालाई उद्धृत गर्दै समितिले उक्त घोषणाले “विश्वव्यापी स्तरमा नयाँ शीतयुद्ध र सैन्य द्वन्दलाई उक्साउने“ बताएको छ । रासस/एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>