समाचार
कपिलवस्तु र पर्सामा भारी वर्षा
०

चितवन, असार २९-
कपिलवस्तुको भगवानपुर र पर्साको मुडली पर्सामा भारी वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा कपिलवस्तुमा ११.४ एमएम वर्षा भएको छ भने पर्सामा ७५.४ एमएम वर्षा भएको छ ।
भारी वर्षा भएको स्थानमा उच्च सतर्कता अपनाउन र जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित स्थानमा गएर बस्न विभागले आग्रह गरेको छ । भारी वर्षासँगै स्थानीय नदी तथा खोलाहरुमा ठूलो बाढी आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























