चितवन विशेष

पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई चितवनका होटलमा निशुल्क खाना बस्नको व्यवस्था

Banner

भरतपुर,असार २८-

होटल व्यवसायी संघ चितवनले चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना बस्नको व्यवस्था गर्ने भएको छ । पहिरोमा परेर वेपत्ता भएकाहरुको उद्धारमा सहयोग पु¥याउने उदेश्यले होटल व्यवसायी संघ चितवनले सो निर्णय गरेको अध्यक्ष लोकनाथ भट्ट कृष्णले जानकारी दिनुभयो ।

बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप अकस्मात हुने घटना भएको बताउँदै अध्यक्ष भट्टले पहिरोमा परेर वेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान बस्न समस्या नहोस भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका विभिन्न होटलमा निशुल्क खान बस्नको व्यवस्था गरिएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>