अपराध

केटी जिस्क्याएको निहुँमा झगडा हुँदा एक युवाको गयो ज्यान, प्रहरीले सार्वजनिक गर्‍यो ४ आरोपी

Banner

विराटनगर, असार २६-

मोरङ कटरी गाउँपालिका-१ जमरटोकीका करण कामतको हत्यामा संलग्न आरोपमा पक्राउ परेका ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । केटी जिस्क्याएको निहुँमा दुई समूहबीच झगडा हुँदा कामतको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोमबार राति दुई समूहबीच झडप हुँदा करणको मृत्यु साथै अरु २ जना घाइते भएका थिए । घाइते विराटनगर २ स्थित नेपाल टेलिकम अगाडि भेटिएका थिए । घाइते भएकाहरू कटहरी-१ जमोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन रायको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न अर्को समूहका ४ जनालाई प्रहरी पक्राउ गरेको छ । एकजना नाबालक छन् । घटनामा संलग्न रहेको आरोपमा विराटनगरका सोनु गिरी, भोजपुरका सञ्जय पुरी र ताप्लेजुङका दावा शेर्पालाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको छ ।

आइतबार मृतक करणको समूहले युवतीलाई जिस्काएको भन्दै दुई समूहबीच भनाभनबाट झगडा सुरू भएको प्रहरीको भनाइ छ ।

ग्याङ फाइटका क्रममा घाइते तीनैजनालाई घाइते अवस्थामा प्रहरी सोमबार राति भेटेर उद्धार गरी अस्पताल पुर्‍याएको थियो । कामतको भने अस्पताल पुर्‍याउन नपाई बाटोमै मृत्यु भएको थियो ।

पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानबहादुर बस्नेतले बताए ।

‘घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाइको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>