Breaking News

चितवनमा विपदका बेला सहयोग गर्ने ५६ संघसंस्था सम्मानित, शव व्यवस्थापन स्थलमा स्मृति पार्क बनाउने सहमति

Banner

भरतपुर, असोज २-

भोटेकोसी बाढीले बगाएर ल्याएका शवको संकलन, पहिचान र व्यवस्थापनमा सहयोग गर्नेलाई जिल्ला विपद् व्यवस्थापन समितिले सम्मान गरेको छ । समितिले विपद्का बेला सहयोग गर्ने सुरक्षा निकायसहित ५६ वटा संघसंस्थालाई सम्मान गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

चितवनमा ३६४ वटा शव फेला परेको थियो । तीमध्ये सनाखत हुन नसकेका ३५१ वटा शव भरतपुर–१ को सतनचुली सामुदायिक वनभित्र जमिनमुनि व्यवस्थापन गरिएको छ । जमिनमुनि व्यवस्थापन गरिसकेपछि आफन्तहरुबाट चार वटा शवको पहिचान भएको थियो । आफन्तहरुले व्यवस्थापन गरेको ठाउँमै पुगेर श्रद्धाञ्जली दिने र काजक्रिया गरेका थिए ।

१२ वटा शव भने आफन्तहरुले सनाखत गरेर लगेको उनले जानकारी दिए । अझै एउटा शव भरतपुर अस्पतालको शव गृहमा रहेको छ ।

शव व्यवस्थापन स्थलमा भोटेकोशी स्मृति पार्क बनाउने विषयमा सरोकारवालाहरु बीच छलफल भएको थियो । त्यसको लागि तीन वटा समिति बनाउने प्रस्ताव भएको छ । केहि दिनभित्रै एउटा संस्था स्थापना गरेर स्मृति पार्क बनाउने प्रक्रिया अघि बढ्ने अर्यालले जानकारी दिए ।

आफन्त गुमाएर विक्षप्त बनेका हजारौँ परिवारहरूलाई आफ्ना प्रियजनहरूको खोजी गर्ने र पीडा भुलाउने एउटा निश्चित ठाउँ दिनुपर्ने आवश्यकता महसुस गरेर नै शव व्यवस्थापन गरिएको स्थानमै स्मृति पार्क बनाउने अवधारणा अघि सारिएको हो। जहाँ प्रियजन गुमाएका मानिसहरूले आफ्ना मान्छेको सम्झनामा श्रद्धाञ्जली र सान्त्वना पाउन सक्नेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>